कोरोनाको त्राससँगै डडेल्धुरामा कक्षा ११ को परीक्षा सुरु

डडेल्धुरा । डडेल्धुरा जिल्लाका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परीक्षा सुरु गरिएको छ । कोरोनाको त्राससँगै कक्षा ११ को परिक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीहरुलाई स्वास्थ् तथा सुरक्षाका सबै प्रक्रियाहरु पुरा गरि परीक्षा हलमा प्रवेश गराईने गरिएको छ ।

कक्षा ११ को बार्षिक परिक्षा संचालन,व्यवस्थापन,मुल्यांकन,नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार डडेल्धुराका विद्यालयहरुले कक्षा ११ को परीक्षा सुरु गरेका छन् ।

कार्यविधि अनुसार परिक्षा तालिका सार्वजनिक गरेर डडेल्धुराका अधिकाँस विद्यालयहरुले परिक्षा संचालन सुरु गरेका छन भने केही विद्यालयहरु संचालनको तयारीमा रहेका छन् ।

डडेल्धुरा जिल्लाका ३३ वटा मावि मध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यामिक विद्यालयले कातिक १७ गतेबाट परिक्षा संचालन गरेका छन् भने १७ वटा विद्यालयहरुले परिक्षा संचालनको तालिका सार्वजनिक गरेका छन् ।

डडेल्धुरा जिल्लामा जम्मा ३३ वटा माध्यामिक विद्यालयहरु रहेको र जसमध्ये १७ वटा विद्यालयहरुले कक्षा ११ को परिक्षा संचालनको तालिका राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई बुझाएको कार्यालय प्रमुख नारद प्रशाद जोशीले बताए ।

उनले भने, कक्षा ११ को परिक्षा संचालन कार्यविधि २०७७ अनुसार विद्यालयहरुले आफुलाई पायक पर्ने समयमा परिक्षा संचालन गरिरहेका छन् । डडेल्धुरा जिल्लाका धेरै विद्यालयहरुले कातिक २० गतेबाट परिक्षा संचालन गर्ने तालिका सार्वजनिक गरेका छन् ।

लामोसयमसम्म कोरोनाका कारण विद्यालयमा पठनपाठन गर्न नपाएका विद्यार्थीहरु एकाएक परिक्षा हलमा उपस्थित हुँदा विद्यार्थीहरुको कम्जोर मनस्थिति रहेको देखिन्छ ।

कोरोनाका कारण कोर्ष नै पुरा नभई विना तयारी परिक्षा दिई रहेका विद्यार्थीहरुको नजिताका बारेमा अभिभावकहरुलाई चिन्ता परेको देखिन्छ । साधारण तर्फका विद्यार्थीहरु भन्दा प्राविधिक धार तर्फको परिक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको छ ।

सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु बाजुराका २२ वटा मावि,बझाङ्गका ४८ वटा मावि, अछामका ३८ वटा मावि,डोटीका ३५ वटा मावि डडेल्धुरा ३३ वटा मावि बैतडीका ६३ वटा मावि र दार्चुलाका २७ वटा गरि २ सय ६६ वटा माविहरु मध्ये आधा भन्दा बढी माविहरुले परिक्षा संचालनका लागि तालिका सार्वजनिक गरेको जानकारी राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई जानकारी गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button