कोरोनाको नयाँ भेरियन्टको असर: अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं– कोभिड १९ को नयाँ भेरियन्ट (ओमिक्रोन स्ट्रेन) फैलिन थालेपछि गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

अफ्रिकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन स्ट्रेन) देखा परेको र उक्त स्ट्रेन अन्य देशमा पनि फैलिँदै गएपछि अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने आदेश अध्यागमन विभागलाई आइतबार दिइसेकेको पोखरेलले बताए। उनका अनुसार कूटनीतिक, सरकारी औपचारिक र आपतकालीन काम बाहेकक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउने आदेश अध्यागमनलाई दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button