कोरोनाबाट १२ जनाको मृत्यु, ६७३१ को पीसीआर गर्दा १४४२ मा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा आज १४४२ जना कोरोना संक्रमण थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर सो संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१२९१७ पुगेको छ। देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १२५९ पुगेको छ। देशभर आज ६७३१ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा थप ३५३८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८२७८० पुगेको छ।

गत २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र १ हजार ३८ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंका ८ सय २२, भक्तपुरका ४८ र ललितपुरका १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५०० भन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल मनाङमा मात्रै शून्य संक्रमित रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button