कोरोनाविरूद्ध खोप सुरूमा ६२ अस्पतालबाट सेवा दिइने

काठमाडौं । सरकारले माघ १४ गते बुधबारदेखि कोरोनाविरूद्ध खोप लगाउने तयारी गरेको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएका खोप प्रदेशहरूमा पठाइसकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरूवात गर्नेछन् ।
बुधबार देशभरका ६२ अस्पताल तथा १२० वटा खोप केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउने अभियान सुरूवात हुने मन्त्री त्रिपाठीको भनाइ छ । तर मन्त्रालयले कुन-कुन अस्पतालबाट खोप लगाउने भन्ने विस्तृत खुलाइसकेको छैन।
सरकारले सुरूमा स्वास्थ्यकर्मीलाई खोप लगाइने बताएको छ ।
मन्त्री त्रिपाठीका अनुसार माघ १८ भित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप अभियानको थालनी गरिनेछ ।