कोरोना अपडेट: थप २४० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४४ पुगेको छ। जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

अहिले देशभर चार हजार ५४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन्।

हालसम्म २० लाख आठ हजार ९४४ को पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

जसमा ४२ महिला र ८९ पुरुष रहेका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button