कोरोना अपडेट: थप ४ सय २१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १ हजार ८७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ कोरोना संक्रमित थपिएका छन् । आइतबार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ लाख ६१ हजार ८५९ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ४८७ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ८ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button