कोरोना अपडेट: थप ५३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । बिहीबार थप ५३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको छ ।

नेपालमा थप ४४७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५२ हजार ३९९ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार ३ सय ७८ जना आइशोलेशनमा रहदा ३६२ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button