कोरोना अपडेट: ४०३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यससँगै कूल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

हालसम्म भएका संक्रमितमध्ये २ लाख ५५ हजार ८८ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ५९४ जना निको भएका मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाले थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या १ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button