कोरोना उपचार कोषमा राजदूतहरुको एक महिनाको तलब

काठमाडौँ, ३० चैत/ इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइनलगायत नौ देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
साउदी अरब र यूएई मध्यपूर्व तथा खाडी देशमा खटिएका अन्य नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले राससलाई जानकारी दिनुभयो । कतारका लागि नारदनाथ भारद्वज, इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, इजिप्टका लागि झविन्द्रप्रशाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, र पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, यूएईका लागि कृष्ण प्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।
