कोरोना महामारीका बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किनौं : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले दसैं भत्ताको रकमले भेन्टिलेटर किन्नुपर्ने बताएका छन्।

सांसदहरूले संघीय संसदको कानुनविपरीत दसैं भत्ता लिएपछि कोरोना महामारीका बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने प्रस्ताव राखेका हुन्।

‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘दसैं भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’

यस्तै नेकपा सांसद भीम रावलले पनि दसैं भत्ता रकम आफ्नो खाताबाट कट्टी गर्न माग गरेका छन्। नेकपा प्रवक्तासमेत रहेका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको तलबभत्ता नलिने यसअघि नै घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button