कोरोना संक्रमणका कारण २ वरिष्ठ चिकित्सकको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण दुई जना वरिष्ठ डाक्टरको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा मुटुरोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल वर्न सोर्याटी तथा इशान हस्पिटलका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको निधन भएको मन्त्रालयले जनाएको छ।

झाको आज बिहान निधन भएको र थापाको गएराति निधन भएको मन्त्रलायले जनाएको हो। उनीहरु कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको हो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा.झालाई तीन हप्तादेखि त्रिवि शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

तर, सबै प्रकारका विधिको प्रयोगबाट उपचारको प्रयास गरे पनि सोमबार झाको मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button