कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।

कोरोना संक्रमण पछि त्रिवि शिक्षण अस्पतालमा नै उपचार गराइरहेकी ५७ वर्षीया महिला कर्मचारीको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालको कोभिड फोकल पर्सन डा सन्तकुमार दासले कोरोना संक्रमण देखिएकी अस्पतालकी महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

डा दासका अनुसार कोरोना संक्रमण देखिएपछि महिला कर्मचारी असोज ३ गते अस्पताल भर्ना भएकी थिइन् । दम तथा श्वासप्रश्वासको समस्या रहेकी उनलाई शुरुमा आईसीयूमा राखेर उपचार थालिएको थियो ।

अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएकोकामा स्वास्थ्यमा केही सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

तर, मंगलबार उनको मृत्यु भएको दासले बताए । त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी समेत गरी २ सय बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button