कोरोना संक्रमणबाट १७ जनाको मृत्यु, आज २ हजार १०३ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै निधन हुनेको संख्या १ हजार २७६ पुगेको छ।

देशभरका प्रयोगशालामा परीक्षण गर्दा आज थप २ हजार १०३ जनामा संक्रमण भेटिएको छ।

मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८५८ जना कोरोना संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ।

अहिलेसम्म नेपालमा १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७६७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button