कोरोना संक्रमण देखिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमण देखिएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ ।

ब्रेन सर्जरीपछि केही दिन अगाडिदेखि अस्पतालमा रहेका मुखर्जीको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

मुखर्जीको दिल्लीस्थित आरआर अस्पतालमा निधन भएको हो । मुखर्जीका छोरा अभिजितले उनको निधन भएको पुष्टि गरेका छन् ।

मुखर्जी सन् २०१२ मा भारतको राष्ट्रपति बनेका थिए । उनी सन् २०१७ सालसम्म भारतका राष्ट्रपति रहेका थिए । सन् २०१९ मा मुखर्जीलाई भारत सरकारले भारत रत्नबाट सम्मानित गरेको थियो ।

८४ वर्षीय मुखर्जीलाई १० अगस्टमा दिल्लीस्थित आरआर अस्पतालमा भर्ना गरिएको थियो । उनको मस्तिष्कमा रगत जमेको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button