कोरोना संक्रमितको उपचारका लागि देशभरका अस्पतालमा थपिए ६ हजार शय्या

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले देशभर नयाँ र पुराना अस्पतालमा गरी ६ हजारभन्दा बढी शय्या थप गरिएको जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि संघ (केन्द्र), प्रदेश र स्थानीय तह मातहतका अस्पतालमा गरी ६ हजार २ सय २ वटा शेय्या थप गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार केन्द्र सरकार मातहतका अस्पतालमा १ हजार शय्या थप भएका छन् । ७ वटै प्रदेश सरकार मातहतका अस्पतालमा १ हजार ९ सय ७ शय्या थप भएका गौतमले जानकारी दिए ।
यस्तै, ७ सय ४९ वटा पालिकामा गरी ३ हजार २ सय ४५ वटा शय्या थप भएका गौतमले जानकारी दिए ।
तस्वीर– प्रतिकात्मक