कोहलपुर जेसिजको १३औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे चयन

यमु कडेल, १३ मङ्सिर, बाँके । कोहलपुर जेसिज शाखाको १३ औं अधिवेशन सम्पन्न भएको छ ।
कोहलपुर जेसिसको सचिवालयमा सम्पन्न उक्त अधिबेशनले राम प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल, उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्य, महासचिवमा ईश्वरी प्रसाद शर्मा, कोषाध्यक्षमा धुब्र आचार्य र कानुनी सल्लाहकारमा राज कुमार पौडेल चयन भएका छन् ।
अधिबेशनको अवसरमा जेसिसले आफ्ना विभिन्न कार्ययोजनाहरुलाई कोरोना कहरका कारण पुरा गर्न नसकेकोले आगामी दिनमा आफ्नो योजनाहरु पुरा गर्नको लागि नयाँ चयन वर्ष २०२१ को कार्यसमितिलाई कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले आग्रह गरेका छन् ।
उनले जेसीजले नयाँ कुरा र बोल्न सिकाउने भएकाले नयाँ युवा शक्तिहरु जेसिजमा आवद्ध हुन आह्वान गरेका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१का नयाँ चयन अध्यक्ष राम प्रसाद पाण्डेले कोहलपुर जेसीज वर्ष २०२० को कार्यसमितिले लिएका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्नका लागि आफ्नो कार्यसमितिले यसलाई अघि बढाउने बताउनुभयो ।