क्यानाडियन नेपाली समाजद्वारा खाद्यन्न सामाग्री सहयोग

ललितपुर । संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण कोभिड् १९ को प्रभावका कारण नागरिकको आधारभूत खाद्यान्न सामाग्रीहरुको समेत अभाव देखिन थालेपछि ललितपुर महानगरपालिका-२५ मा बसोबास गर्ने ४० जना विपन्न परिवारलाई क्यानाडियन नेपाली समाजको आर्थिक सहयोगमा खाद्यन्न सामग्री वितरण गरिएको छ ।
क्यानाडामा बसोबास गर्ने क्यानाडियन नेपाली समाजका संस्थापक सन्तोष पराजुलीको विशेष पहल तथा ललितपुर-२५मा बसोबास गर्ने उहाँका बुबा गोपाल पराजुलीको नेतृत्वमा एक कार्यक्रमका बीच कार्यक्रममा ललितपुर महानगरपालिका-२५ का वडा सदस्य राजु गुरुङको प्रमुख आतिथ्यता तथा स्थानिय नागरिक सरोकार समाजका संस्थापक सदस्य टंक प्रसाद वास्तोलाको विशेष उपस्थितिमा खाद्यन्न सामग्री वितरण गरिएको हो ।
कोभिडले गर्दा आफूले नियमित रुपमा गर्दै आएका कामहरु रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले ठूलो सहायता गर्ने भन्दै राहत मिलेकोमा खुशी ब्यक्त गर्दै नागरिक समाज र पराजुली परिवारलाई धन्यवाद दिएका थिए ।
स्थानिय नागरिक समाजका सचिव ज्ञान नारायण श्रेष्ठले कोभिडले गर्दा आमनागरिकको जनजीवन निकै कष्टकर बनिरहेको र आमसर्वसाधरण नागरिकहरु रोगले भन्दा पनि भोकले छटपटाइरहेको बताएका छन् ।
उहाँले कोभिडले गर्दा अति अशक्त, असहाय र आर्थिक अवस्था नाजुक भएका दैनिक ज्यालादारी तथा निर्माण मजदुरहरुको यो दयनिय पीडादायी अवस्थामा भोकले कोही पनि मर्नुनपरोस भन्ने अभिप्रायले उहाँहरुको जीवनमा आशा र खुशी ल्याउने संकल्पका साथ खाद्यन्न सहयोग वितरण गरिएको बताउनुभयो ।