क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । सन्दीपले सामाजिक संजालमा एक पोस्ट गर्दै आफुलाई कोरोना भाईरसको संक्रमण भएको जानकारी गराएका छन्।
सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन् । सन्दीपले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन् I उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएका छन् ।
सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए । यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो । उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् ।