क्षमादेवीको साधारण सभा र अधिबेशन सम्पन्न

रातोपाटी न्युज । बाह्बिसे / सिन्धुपाल्चोकको उत्कृष्ट क्षमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा र पाचौं अधिबेशन क्षमादेवी मन्दिर परिसरमा सम्पन्न भएको छ । सो सहकारीका अधिकाँश शेयरधनीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
२०६३ सालबाट स्थानीयहरुले दैनिक २० रुपैयाँ संकलन गरेर श्री क्षमादेवी बचत समूह शुरु गरेको थिए । सो समूहले २०६५ साल कातिक २८ गते बिधिवत रुपमा क्षमादेवी साकोसको मान्यता पाएको थियो ।
अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले सो सहकारीले सदस्यका जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकाको चर्चा गरेका थिए । सचिव ईश्वरलाल श्रेष्ठले सहकारीको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष गोपालकृष्ण श्रेष्ठले आर्थिक प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक राजेश कुमार श्रेष्ठ, मूल्याङकन समितिका संयोजक बालकृष्ण श्रेष्ठ र लेखा समितिका राजेश कुमार जयकामले आ-आफ्नो प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सचिव ईश्वरलालले हालसम्म सो सहकारीको तीन हजार सात सय २१ जना सदस्य, १५ करोड ७० लाख ७८ हजार ८३३ रुपियाँ कूल पुजिँ रहेको जानकारी दिएका छन् । उनका अनुसार सो सहकारीले आफ्नै सहकारी भवन निमार्णका लागि जग्गा खरिद गरेको र आउँदो बर्ष भवन निमार्ण गरिने बताएका छन् ।
साक्षात्कार कक्षा, सामाजिक उत्तरदायित्वका कार्यक्रम जस्ता बिभिन्न सामाजिक कार्यक्रममा सहकारीले काम गर्दे आएको सचिव श्रेष्ठले बताएका छन् ।
कोषाध्यक्ष गोपालकृष्ण श्रेष्ठ सहकारीले सदस्यका आर्थिक, सामाजिक, साँस्कृतिक बिकास गरी गरिबी निवारणमा भूमिका खेलेको बताए । कोरोना महामारीमा सहकारीले संदेशमूलक कार्यक्रम गरेर सूसुचित गरेको, पहिरोले जनधन गुमाएका जम्बु, नागपुजेका पीडितहरुलाई आर्थिक सहयोग पनि गरेको बताएका छन् । सो सहकारीले नियमित ऐच्छिक बचत, बाल बचत, आबधिक बचत, जेष्ठ नागरिक जस्ता बिभिन्न बचत गर्दे आएको छ ।
सामूहिक, ब्यक्तिगत जमानीमा ऋण, घरजग्गा ऋण, सवारीसाधान कर्जा, ब्यापार, ब्यबसाय कर्जा, मासुजन्य कर्जा लगायतमा कर्जा प्रवाह गरिरहेको उपाध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
साधारण सभामा सहकारी अभियान्ता उद्धव बहादुर तिवारीले क्षमादेवी साकोसले सदस्य र समाजप्रति खेलेको कार्यको प्रशंशा गर्दे भवन निमार्ण जुट्न आग्रह गरेका छन् । शिक्षाबिद घनश्याम नेपालले उक्त साकोस नमूना र उदारणीय रहेको बताएका छन् ।
पाचौं अधिबेशनबाट सर्वसहमत सञ्चालक समिति
क्षमादेवी साकोसको पाचौं अधिबेशनबाट सर्वसहमत नयाँ कार्य समिति छनौट गरिएको छ । अध्यक्षमा ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्षमा राजेश कुमार श्रेष्ठ, सचिवमा ईश्वरलाल श्रेष्ठ र कोषाध्यक्षमा गोपालकृष्ण श्रेष्ठ सर्वसहमत चयन भएका छन् ।
सदस्यहरुमा यज्ञश्वर श्रेष्ठ, शेखर बहादुर भण्डारी, बालकृष्ण श्रेष्ठ, चमेली श्रेष्ठ, कुवेर श्रेष्ठ, रसिला श्रेष्ठ र जयलक्ष्मी श्रेष्ठ छनौट भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा राजेश कुमार जयकाम, सदस्यहरुमा बालकृष्ण श्रेष्ठ र अमित श्रेष्ठ चयन भएका छन् । सबै पद निर्बिरोध भएको हो ।