क्षमादेवी सहकारीको १३ औं बार्षिक साधारणसभा सम्पन्न

रातोपाटीन्युज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोककै उत्कृष्ट सहकारी क्षमादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो । उक्त सहकारीका सचिव ईश्वरलाल श्रेष्ठले उक्त सहकारीको १६ करोड १० लाख ७४ हजार ८९८ रुपियाँ ५० पैसा निक्षेप दायित्व, एक करोड ३८ लाख ९४ हजार दुई सय सेयर पुँजी, १९ करोड १४ लाख तीन हजार ९४२ रुपियाँ ६५ पैसा कुल पुँजी तथा दायित्व रहेको जानकारी दिनु भयो ।
५८ लाख ३५ हजार २३१ रुपियाँ ४७ पैसा जगेडा कोष, ४९ लाख नौ हजार २५० रुपियाँ ३० पैसा अन्य कोष, १३ करोड ९९ लाख ४७ हजार ४१५ ऋृण लगानी, ३८ लाख ४५ हजार ८९८ रुपियाँ १४ पैसा ऋृण नोक्सानी ब्यबस्था, ६ लाख २९ हजार ६९८ सदस्य राहत कोष रहेको पनि सचिव श्रेष्ठले बताउनु भयो । भने ११ लाख ९२ हजार ५७२ रुपियाँ ३३ पैसा खुद मुनाफा कमाउन सफल भएको छ भने ६५ लाख ७२ हजार ४८० रुपियाँ २५ रुपियाँको स्थिर सम्पत्ति रहेको छ ।
उक्त सहकारीका कोषाध्यक्ष गोपालकृष्ण श्रेष्ठले सहकारीको आफ्नै भवन निमार्णका लागि ५९ लाख ३१ हजार र ४१ लाख २० हजारमा दुई कित्ता जग्गा खरिद गरेको छ भने भवन निमार्ण कार्य अघि बढेको छ ।
बाह्रबिसेमा केन्द्रीय कार्यालय र लामोसाँघु र जम्बुमा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा दिदैं आएको छ । हालसम्म उक्त सहकारीमा ३९ सय ८० जना सदस्य आबद्ध भएका छन् । नियमित बचत, बाल बचत, आवधिक बचत, जेष्ठ नागरिक बचत रहेको छ । सामूहिक, ब्यक्तिगत जमानी ऋण, घरजग्गा ऋण, ब्यापार, ब्यबसाय ऋण र मासुजन्य ऋण प्रवाह गर्दे आएको उहाँले जानकारी दिनु भएको छ ।
उक्त सहकारीले उत्पादनमूलक, ब्यबसायमूलक कार्यमा कर्जा प्रवाह, सामाजिक उत्तरदायित्वका कार्य, छात्रवृत्ति, कोभिड–१९ नियन्त्रणका लागि सन्देशमूलक कार्यक्रम, प्रौढ शिक्षा, साँस्कृतिक जगेर्ना लगायतका काम गर्दे आएको लेखा सुपरिवेक्षण समिति संयोजक राजेशकुमार जयरामले बताउनु भयो ।
यस्तै उक्त साधारणसभामा उत्कृष्ट नियमित बचतमा धन बहादुर चापागाँई, लीलाकुमारी बुढाथोकी, असल ऋृणीमा सन्तोष श्रेष्ठ र बाल बचतमा जेनिशा श्रेष्ठ, रोनिक श्रेष्ठलाई सम्मान गरिएको सहकारीका ब्यबस्थापक राजन श्रेष्ठले जानकारी दिनु भएको छ ।
सेयर सदस्य उद्धव बहादुर तिवारीले सहकारीले कार्ययोजना बनाई सहकारीलाई थप अगाडी बढाउनु पर्ने सुझाव दिनु भयो । पत्रकार चित्र मिजारले सो सहकारी जिल्लाकै नमूना सहकारी रहेको बताउनु भयो ।
सल्लाहकार ध्रुवलाल श्रेष्ठले सहकारीले अझै थप प्रगतीमा लम्किनु पर्ने, सहकारी अभियान्ता यज्ञ प्रसाद चौलागाँइले सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुरुप क्षमादेवी सहकारी संचालित भएको बताउनु भयो ।