खाद्य संस्थानले यो दशैंमा च्याङ्ग्रा नल्याउने, खसीबोका भने २ गतेदेखि बिक्री शुरु गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (खाद्य संस्थानले)ले यसपटकको दशैंका लागि च्याङ्ग्रा खरिद नगर्ने भएको छ। यसअघि दशैंका लागि १ हजार च्याङ्ग्रा खरिदको योजना बनाएको कम्पनीले यसपटक महँगो भएपछि बिक्री गर्न नसक्ने भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कम्पनीले यसपटकको दशैंमा हिमाली जिल्ला मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री नगर्ने बताए । च्याङ्ग्रा ल्याएर बिक्री नगरे पनि खसीबोका भने कात्तिक २ बाट बिक्री गर्ने योजना बनाएको जानकारी दिए ।

‘यसपटकको दशैँमा कम्पनीले च्याङ्ग्रा बिक्री गर्न सकेन किनभने पहिलेजस्तो ल्याउनलाई पनि सहज छैन, त्यसैले पनि जोड गरिएन,’ कार्यकारी अधिकृत सुवेदीले भने ।

कम्पनीले च्याङ्ग्राको सट्टा खसीबोका संख्या बढाएर ल्याउने गरी तयारी गरेको सुवेदीले जानकारी दिए । पहिलो चरणमा दाङको तुलसीपुर र मकवानपुरको हेटौँडाबाट ५ सय खसीबोका ल्याउने र मागका अधारमा सङ्ख्या बढाउने सुवेदीले बताए ।

नेपाल खाद्य संस्थान हुँदादेखि नै दशैंमा च्याङ्ग्रा र खसीबोका काठमाडौं ल्याएर बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button