खानेपानी अभाव रहेको पुजारी गाउँमा काँग्रेस नेता राजेन्द्र र सुवासद्धारा सहयोग

रातोपाटीन्यूज, सिन्धुपाल्चोक । बषौंदेखि खानेपानीको चरम समस्या भोग्दै आएका बलेफी गाउँपालिका–५ पुजारी गाउँमा काँग्रेस युवा नेताहरु राजेन्द्रकुमार श्रेष्ठ र सुवास तिमल्सिनाले खानेपानी समस्या हल गर्न ब्यक्तिगत खर्चमा पाइप र सिमेन्ट सहयोग गर्नु भएको छ ।

शनिबार उहाँहरु उक्त गाउँमा नै पुगेर स्थानीयहरुलाई सहयोग गर्नु भएको हो। काँग्रेस महाधिबेशन प्रतिनिधि राजेन्द्र कुमार श्रेष्ठ र बलेफी गाउँपालिका–८ का सभापति सुवास तिमल्सिनाले पुजारी गाउँको खानेपानीको समस्या समाधान गर्न सो, सामाग्री सहयोग गरेको बताउनु भयो ।

सो गाउँमा १७ घरधुरी रहेको छ । ती घरहरुमा पानीको मुहानस्थलबाट बस्तीसम्म ल्याउन १२ सय मिटर पाइप र सात बोरा सिमेन्ट सहयोग गर्नुभएको छ । आवश्यक परेमा अरु सहयोग पनि गर्ने काँग्रेस नेता श्रेष्ठले बताउनु भयो । पानी अभावले दैनिकीमा परेको समस्या हल गर्न सहयोग गरेको काँग्रेस युवा नेता तिमल्सिनाले जानकारी दिनुभयो ।

बगाले गाउँबाट ल्याईएको पानी दैनिक केही समय मात्रै आउने भएपछि उक्त घरधुरीलाई पिउने पानी समेत प्रयाप्त नभएकोले ठूलो पँधरोको मुहानबाट पानी ल्याउन उक्त सहयोग गरिएको हो । स्थानीय राम बहादुर बनले आफ्नो जग्गाको मुहानबाट पुजारी गाउँसम्म पानी ल्याउन दिनु भएको छ । भोलिदेखि नै उक्त मुहानबाट पानी ल्याउने काम गरिने राम बहादुरले बताउनु भयो ।

स्थानीय रीता बनले पानी अभावले पिउन, कपडा धुन, चौपायालाई दिन अति अभाव भएकोले अब सहज हुनेमा खुशी ब्यक्त गर्नु भयो । सहयोगीहरुलाई स्थानीयहरुले धन्यबाद प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button