‘खेलकुदमा लगानी अपुग’– पुर्व मन्त्री बस्नेत

रातोपाटीन्युज, रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा लगानी अपुग भएको बताएका छन् ।
शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे बस्नेतले खेलकुदमा तीनै तहका सरकारले उचित ध्यान दिन आग्रह गरेका छन् ।
राज्यले समग्र खेल क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गरी खेलकुदमा ब्यबसायीकरण गर्नु पर्ने पूर्व मन्त्री बस्नेतले जानकारी दिएका छन् ।
खेलकुदका लागि खेल मैदानका साथै पूर्वाधार निमार्णमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार प्राथमिकताका साथ लाग्न पनि उनले आग्रह गरेका छन् । खेलकुदले नै मुलुकलाई बिश्वमा चिनाउने हुदाँ सरकार यसतर्फ जिम्मेवार भएर लाग्नु पर्नेमा बस्नेतको जोड छ ।
नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख समेत रहेका बस्नेतले आफूले सिन्धुपाल्चोक र अन्य जिल्लामा सबै खेल क्षेत्रका लागि प्रर्याप्त बजेट उपलब्धता, राष्ट्रिय अर्न्तराष्ट्रिय खेलाडी उत्पादन र खेल क्षेत्रबाटै जीवनयापन गर्न सक्ने बनाएको खेलाडी र खेल दर्शकलाई स्मरण गराएका थिए । खेलकुदका कारण ब्यक्ति स्वास्थ्य, अनुशासित हुने भएकाले देश र समाजको बिकासमा टेवा पुग्ने पनि बस्नेतको तर्क छ ।
रुपन्देहीको कन्चन गाउँपालिकामा फागुन १३ गतेदेखि २१ गतेसम्म भएको कन्चन गोल्डकपमा कपिलबस्तु फूटबल संघले डीएमसी बुटवललाई २–१ ले पराजित गरेको थियो । प्रमुख अतिथि समेत बस्नेतले बिजयी टिम र खेलाडीहरुलाई नगद पुरस्कार, टर्फी, प्रमाणपत्र, मेडल प्रदान गरेका थिए ।
हिमालय सामुदायिक बिकास केन्द्र आयोजक र नेपाल लोकतान्त्रिक खेलकुद संघ रुपन्देही सह आयोजक रहेको थियो । बस्नेतले आयोजकलाई तीन हजार सर्जिकल मास्क र चार थान फुटबल सहयोग पनि गरेका थिए ।