गायक बाईबाले ल्याए ‘डम्फुको तालैमा’ (भिडियोसहित)

काठमाडौं । सेलो जगतको लोकप्रिय गायक सन्तोष लामा वाईबाले नयाँ गित बजारमा ल्याएका छन् ।
गायक बाईबाको एकल आवाज रहेको ‘डम्फुको तालैमा’ बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त गित सार्वजनिक गरिएको हो ।
बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको शब्द, संगीत र संगीत संयोजनमा तयार भएको गीतमा स्वर सन्तोष लामा वाईबाकै रहेको छ । गीतको ध्वनि सम्पादन दिपेस प्रधानले गरेका छन् ।
भिडियो तर्फ भिडियोमा प्रमुख कलाकारको रुपमा इनाज ग्लोबल डान्स कम्पेटिसनका बिजेता पुर्ण बहादुर स्याङतान, मोनिका गुरुङ र महेस थापालाई देख्न सकिन्छ ।
केशब कोईराला र देवराज गुरुङको निर्देशन र स्वाधिन्ता लामा वाईबाले निर्माणमा बनेको भिडियोलाई दक्क्षिना लामाले नृत्य निर्देशन गरेका हुन ।
रामेश्वर जिरेलले छायांकन गरेको भिडियोमा रोनिस तामाङले ड्रोन चलाएका छन भने लोकेन्द्र सुब्बाले सम्पादन गरेको हो ।
तामाङ सेलो भाकामा रहेको यस गीतमा डम्फुको चर्चा संगै पश्चत्य संगितमा झुम्न अनि रम्न थालेका युवा पुस्तालाई हाम्रो मौलिकता सिक्नुपर्छ भन्ने महत्वपूर्ण सन्देश सहितको भिडियो अत्यन्तै रोचक पक्ष देखिन्छ ।
गायक सन्तोष लामा वाईबाको यो भन्दा अगाडि पनि धेरै गीत संगीत बजारमा आईसकेको छ। भिडियोलाई युएस नेपाल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो ; https://youtu.be/bwM_RWulk5A