गायक सुभाषको तामाङ मौलिक “छेवार गित” युट्युबमा

काठमाडौं । तामाङ समुदायमा छेवारको माहोल चलिरहेको बेला गायक सुभाष तामाङले यसै सम्बन्धि एक मौलिक गित लिएर आएका छन् ।
“छेवार गित” नामक उक्त गित हिजो जोरपाटीस्थित छिमेकी क्याफेमा संघिय सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ संगितकार चन्द्र कुमार दोङ र तामाङ कलाकार संघका अध्यक्ष सन्जिब वाईबाको बिशेष आतिथ्यता रहेको थियो भने उल्लेख्य कलाकार अनि श्रस्टाहरुको समेेेत उपस्थिति रहेको थियो ।
तामाङ समुदायको एक महत्वपूर्ण संस्कार अनि संस्कृति रहेको छेवार तामाङहरुको मौलिक संस्कृति भित्र पर्दछन् ।
यस गितमा गायक तामाङलाई सशिकला मोक्तान र बबिता पाख्रीनले साथ दिएका छन् ।
प्रमुख अतिथि राईले गायक सुभाष तामाङको खुलेर प्रशंसा गर्दै गायक तामाङले मौलिक संस्कृतिको जगेर्ना गर्न दिएको सन्देशले आम तामाङ समुदायलाई चित्रण गरेेेेकोमा बधाई तथा सफलताको शुुुभकामना दिनुभएको थियो ।
त्यस्तै तामाङ गित संगितले समाजमा पुर्याएको सकारात्मक पक्षहरुको बारेमा वरिष्ठ गायक संगितकार चन्द्र कुमार दोङले आफ्नो भनाइ राख्नुभएको थियो ।
गितको शब्द संगित गायक बैरागी मोक्तानको रहेको छ । यस गितमा पवनवाङ लामाको एरेन्जमा चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।
त्यस्तै भिडियोमा तामाङ कलाकारहरु धेरैलाई समेटेका छन् । अभिनयमा प्रेम लोप्चन, अमिर दोङ, कुईसाङ रुम्बा, खेम मोक्तान, सुस्मा मोक्तान, मिलन थिङ, याङ्की दोङ, पुर्णिमा थोकर, पुष्पाञ्जलि लोप्चन, दिपा घिसिङ, साईना तामाङको रहेको छ ।
भिडियो साँच्चै नै छेवारमय भएको छ । अजय स्याङ्तान र बाबुराज केसीको निर्देशनमा सन्जय लामा र दुर्गा पौडेलले खिचेका हुन् ।
दिर्घ खड्का र नवीन घर्तिमगरको सम्पादनमा राजेन्द्र मोक्तानले कलरिङ गरेको छ ।
भिडियोलाई नाम्दु मिडिया युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो :