गोदावरी पुलमा राखिए नेपालका २१ वटा राष्ट्रिय झण्डा

अत्तरिया- कैलालीको गोदावरी पुलमा नेपालका २१ वटा राष्ट्रिय झण्डा राखिएको छ ।
पर्यटकिय एवम धार्मिक क्षेत्रमा रहको गोदावरीको पुरानो पुलमा थ्रीडीभिएल क्रियसनले विभिन्न संघ सस्था र व्यक्तिहरुको सहयोगमा राष्ट्रिय झण्डा राखेको हो ।
पर्यटकीय क्षेत्रका रुपमा प्रचार–प्रसार गर्ने उद्देश्यले पुलमा नेपालको झण्डा फहराइएको थ्रीडीभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए।
उनले राष्ट्रिय झण्डा राख्नको लागि सडक डिभिजन कार्यालय, गोदावरी नगरपालिका, लक्ष्मण ऐर, आशिष भट्टराई, हेम भन्डारी, सिव ट्रेडस, भुवन महता बेकरी, रुद्र अटोमोटिभ, हरि भट्टराई, बिर बहादुर कडायत, कमल कडायत, नसिब साउद, बिनोद खत्री, नमादेव अटो वर्कसप र नमादेव सेल्लताडा ट्रेड एन्ड सप्लायर्स लगायतले सहयोग गरेको बताए ।
यसअघि पनि थ्रीडीभिएल क्रियसनले पुलको बिच भागमा राष्ट्रिय झण्डा राखेको भएपनि त्यो झण्डा अज्ञात समुहले फालिदिएको थियो । जसको सामाजिक संजालमा पनि चर्को बिरोध गरिएको थियो ।