घरखर्च कटाएर बाह्रबिसेका युवाहरुले सडक बनाए

रातोपाटी न्युज । खाग्दल/ सिन्धुपाल्चोकको खाग्दल क्षमादेवी दोलाङसा बिगु हुदै लामाबगर पुग्ने ३८ किलोमिटर सडक बाह्रबिसेका युवाहरुले घरखर्च कटाएर पुननिमार्ण सम्पन्न छन् ।
स्थानीय सरकारदेखि केन्द्रीय सरकारले उक्त सडक पुनिमार्णमा चासो नदिएपछि युवाहरु आफैले रकम हालेर सडक पुननिमार्ण गरेका हुन् ।

बाह्रबिसे नगरपालिकाका सामाजिक युवा तिलक बस्नेतले घरखर्च कटाएर सडक पुन निमार्ण गरेको बताउनु भयो । पहिलो चरणमा स्थानीय युवाहरुले ७ लाख भन्दा बढी पैसा हालेर सडक पुननिमार्ण थालेका बस्नेतले जानकारी दिनु भयो ।
असार २४ गतेको बाढीले उक्त सडक जगै देखि बगाएको थियो । सडक बगाएपछि सो रुटका हजारौं स्थानीय आउजाउ गर्न समस्यामा परेका थिए ।
खाग्दलबाट सडक पुनिनमार्ण थालिएको छ । सो खण्ड बाढीले पूर्णरुपमा बगाएको थियो । बाढीले सडक बगर बनाएपछि सोही स्थानमै ट्रयाक खोल्न शुरु गरिएको छ ।
उक्त सडक पुननिमार्ण गर्न स्थानीय युवाहरुले बाह्रबिसे नगरपालिकामा पटकपटक आग्रह गरेका थिए ।
बिभिन्न समयमा डेलिगेशन पनि गएका थिए । तर उनीहरुको माग नगरपालिकाले नसुनेको तिलक बस्नेतले जानकारी दिनु भयो । सोही कारण हामीहरु आफैले घरखर्च कटाएर सडक पुन निमार्ण थालेका हौं उहाँले बताउनु भयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले अहिले पनि उक्त सडक पुन निमार्णमा सघाउनु भएको छ ।
पूर्व संचारमन्त्री समेत रहेका बस्नेतले साँसद हुदाँ ५८ करोड बजेट बिनियोजन गरि उक्त सडक खनिएको थियो । सोही सडक बाढीले बगाएपछि अहिले पुन निमार्ण गर्न थालिएको हो ।