घरेलु मदिरा बरामद गर्दै लामोसाँघु प्रहरी

रातोपाटीन्युज, सिन्धुपाल्चोक । लामोसाँघु चौकीले बिभिन्न समयमा अबैध घरेलु मदिरा बरामद गरिरहेको छ ।

फागुन अन्तिम सातादेखि चैत पहिलो हप्तासम्म अंधेरीबाट १ सय लिटर मदिरा बरामद गरेको थियो । दुधको गाडीमा मदिरा ल्याएपछि प्रहरीले चेकजाँच गर्दा उक्त परिणामको घरेलु मदिरा बरामद भएको प्रहरी चौकी लामोसँघुका इन्चार्ज तुलसीप्रसाल पोखरेलले जानकारी दिनु भयो ।

सुनकोशी गाउँपालिका–७ को दूई किलोमा यात्रुबाह बसबाट खाडीचौर ल्याउदै आएको ७० लिटर अबैध घरेलु मदिरा बरामद भएको थियो । गस्तीका क्रममा चेकजाँच गर्दा उक्त मदिरा ल्याउने भागेको प्रहरीको भनाई छ । यस्तै लामोसाँघु बजारबाट ४० लिटर मदिरा बरामद भएको थियो । उक्त बरामद सबै परिणामको अबैध घरेलु मदिरा लामोसाँघु प्रहरी चौकीमा बलेफी गापा–८ का वडा अध्यक्ष चरीबहादुर तामाङ र स्थानीयबासीको रोहवरमा पोखाएर नष्ट्र गरिएको छ ।

सवारीसाधानमा बेचबिखनका लागि ल्याइएका अबैध घरेलु मदिरा बरामद गरेको छ । तर उक्त मदिरा ओसारपसार गर्ने ब्यक्ति पक्राउ पर्न सकेका छैनन् । अहिले खुल्लामखुल्ला बलेफी बजार, लामोसाँघु बजार, कोठे बजार, खाडीचौर बजारका भट्टी, होटलमा अबैध घरेलु मदिरा उत्पादन भईरहेको छ । यात्रुबाहक बस, बलेरो गाडी, दुधका गाडी, ट्रिपर जस्ता बिभिन्न सवारीसाधानमा अबैध घरेलु मदिरा ओसारपसार भईरहेको छ । प्रहरीले उक्त साधानमा चेकजाँच नै गर्देन् । रासायनिक मल, जुत्ता मेजा, महिलाले प्रयोग गरेका सेनेटरी प्याड, बिभिन्न अखाद्य बस्तु मिलाएर घरेलु मदिरा उत्पादन भईरहेको स्थानीयको गुनासा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button