घुस लिएको आरोपमा ३ जना प्रहरी पक्राउ

चितवन, ७ माघ । चितवनका तीन जना प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको दायरामा ल्याएको छ ।

पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेवापत अटो रिक्सा, म्याजिक भ्यानलगायतको सवारीचालकहरुसँग रकम लिएको आरोपमा तीन जना प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बेलुका उनीहरुलाई नारायणगढको पुलचोकबाट नियन्त्रणमा लिइएकोे छ । पक्राउ पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी हवल्दार लोक बहादुर धर्ती मगर, महिला प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढमा कायारर्त पूर्ण सिह रहेका छन । टोलीले पसल संचालकलाई समेत नियन्त्रणमा लिइएको छ ।

सावरी साधन चालकहरुले पुलचोकको एक पसलमा रकम जम्मा गर्ने र बेलुका उक्त पसलबाट प्रहरीले रकम लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वाग्मती प्रदेश प्रहरी कार्यालयकी प्रहरी बरिष्ठ उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे चाैधरीकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button