चम्किदैं नौलो दिब्यज्योती साकोस

रातोपाटीन्यूज, सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लामा रहेका सहकारी मध्य उत्कृष्ट रुपमा संचालित नौलो दिब्यजोती बचत तथा ऋण सहकारी संस्था लिमिटेड नमूना र उदारणीय बन्दै गएको छ ।

बाह्बिसे नगरपालिकामा रहेको सो साकोसले शनिबार चौथो बार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ । सहकारीको अधिकाँश शेयरधनीको उपस्थितीमा साधारणसभा सम्पन्न भएको हो । सो साकोसका अध्यक्ष कैलाश श्रेष्ठले आफ्नो सहकारीले गति लिदैं गएको जानकारी दिनु भयो ।

सहकारीको नीति नियम, सिद्धान्त, मूल्य मान्यतामा संचालन भएर सदस्यका जीवनस्तर उकास्ने कार्य गदै आएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ । बाह्बिसे नगरपालिका र अन्य गाँउनगरमा दिब्यजोती सहकारी सदस्यका बिश्वास र रोजाईमा परेको उहाँले बताउनु भएको छ ।

ग्रामीण क्षेत्र र बजारमा रहेका सदस्यका आर्थिक स्तर बढाउने कार्यलाई सहकारीले जोड दिदैं आएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । कृषि, सना तथा मझौला ब्यापार ब्यबसायमा सहकारीले कर्जा प्रवाह गरेको र सदस्यका जीवनस्तरमा परिवर्तन आएको दाबी गर्नु भयो ।

सो सहकारीका सचिव भरत प्रसाद बैदार (श्रेष्ठ) ले सहकारीले शेयरधनी, कर्मचारीहरुको पाँच लाख स्वास्थ बीमा, प्राणघातक रोगीलाई उपचार सहयोग, विप्रसन सेवा, सहकारी अध्ययन् अवलोकन भ्रमण, सदस्य संख्या बढावा, कोभिड १९ मा पनि नियमित सेवा दिदैं आएको बताउनु भयो ।

सदस्यलाई एक लाख सामूहिक दुर्घटना बीमा गरिने, रेमिटेन्स सेवालाई अझ बिस्तार गरिने, सहकारीमा आबद्ध भई सहकारीका बिभिन्न कार्यमा उत्कृष्टहरुलाई सम्मानित गरिने, सदस्यहरुको केवाईसी लागु गरिने, कर्मचारीलाई संचयकोषको ब्यबस्था गरिने, मुदती बचत लगायतका सेवा लागु गरिने सचिव बैदारले जानकारी दिनु भएको छ । उहाँका अनुसार अहिले सो सहकारीमा ३१८ पुरुष र १२६ महिला सदस्य रहेका छन् ।

कोषाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले हालसम्म सहकारीले ६ करोड पूजिँ संकलन गरेको बताउनु भयो । प्रतिकूल अबस्थामा पनि सहकारीले सदस्यका समस्या टार्न सहकारीले भूमिका खेलेको उहाँले बताउनु भयो । कोषाध्यक्ष श्रेष्ठले २०७६÷०७७ अन्त्यसम्म ६६ लाख ९६ हजार ६ सय शेयर पूँजी पुगेको बताउनु भयो । जगेडा कोष दुई लाख ७२ हजार ३१५ दशमलव ११ र अन्य कोषमा पाँच लाख ७९ लाख ३७३ दशमलव ९८ रहेको छ । कूल निक्षेप ४३ लाख चार लाख ७० दशमलव ३० रुपियाँ, ७९ लाख ६० हजार ५६६ रुपियाँ कर्जा लगानी र स्थिर सम्पत्ति ६ लाख ८३ हजार चार सय १० दशमलव ४३ रुपियाँ रहेको श्रेष्ठले बताएका छन् ।

साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका महासचिव यज्ञ प्रसाद चौलागाँईले नौलो दिब्यज्योती साकोस सदस्यको बिश्वास र भरोसाको सहकारी भएको प्रशंसा गर्नुभएको थियो । सो सहकारीको सल्लाहकार कुवेर श्रेष्ठले दिब्यजोती साकोस अन्य सहकारीको तुलनामा नयाँ र फरक प्रकारका काम गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

आत्मनिर्भर बचत तथा ऋण सकहारीका अध्यक्ष नवराज सुबेदीले दिब्यजोती साकोस सदस्यको जीवन परिवर्तनमा लागेको कारण खुशी ब्यक्त गर्नु भएको थियो । शेयरधनी सिद्धीनारायण श्रेष्ठले नौलो दिब्यजोती सहकारीले सबै सहकारीसंग हातेमालो गरि कार्य गर्ने बताउनु भयो । सहकारीका कमल श्रेष्ठले संचालन गर्नु भएको साधारणसभामा सहकारी सदस्यहरुले सहकारीलाई अझै उत्कृष्ट बनाउन लाग्ने बताएका थिए ।

साधारण सभामा उत्कृष्टहरुलाई सम्मान

नौलो दिब्यजोती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभामा सहकारी संग आबद्ध रहेर बिभिन्न कार्यमा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको छ ।

उत्कृष्ट बचततर्फ बिपना श्रेष्ठ, उत्कृष्ट बालबचतर्फ क्रिशा श्रेष्ठ, उत्कृष्ट खुत्रुक्के बचततर्फ बिपिन श्रेष्ठ, उत्कृष्ट संचालकतर्फ इन्द्र बहादुर श्रेष्ठ र असल ऋणीतर्फ बीर बहादुर थामी उत्कृष्ट भएको सो सहकारीका ब्यबस्थापक संगिता पराजुलीले जानकारी दिनु भयो ।

आगामी बर्षपनि सहकारीमा आबद्ध भई बिभिन्न बिद्यामा उत्कृष्ट हुने सदस्यलाई सम्मान गरिने पराजुलीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button