चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक

काठमाडौं । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृ शोक परेको छ । शिवहरि पौडेलकि १०० वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

आमाको निधन भएको दुःखद समाचार कलाकार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button