चर्च भवन भत्काइएको दृश्यले विश्वभरका ख्रीष्टियन धर्मावलम्बीको धार्मिक भावनामा आघात पुगेकोः डा. खनाल
ललितपुर । जनजागरण पार्टी नेपाल केन्द्रिय अध्यक्ष डा. वि.पी. खनालले डोजर चलाएर चर्च भवन भत्काइएको दृश्यले विश्वभरका ख्रीष्टियन धर्मावलम्बीको धार्मिक भावनामा आघात पुगेको बताएका छन् ।
माघ ६ गते मंगलबार विहान ११ बजे बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० गायत्रीनगर स्थित नयाँवस्ती ख्रीष्टियन मण्डलीको चर्च भवनमा प्रहरी प्रशासन तथा स्थानीय निकायको प्रत्यक्ष संलग्नतामा बलपूर्वक भत्काइएको घटनाले विश्वभरका ख्रीष्टियन धर्मावलम्बीको मात्रै होइन, धर्मलाई राजनीतिक उपयोग गर्ने कुविचारका मान्छेबाहेक “धर्म“ मा साँचो आस्था राख्ने प्रत्येकको धार्मिक भावनामा आघात पु-याउने कुकार्य भएको डा. खनालले बताए ।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘डोजर चलाएर चर्च भवन भत्काइएको दृश्यले विश्वभरका ख्रीष्टियन धर्मावलम्बीको मात्रै होइन, धर्मलाई राजनीतिक उपयोग गर्ने कुविचारका मान्छेबाहेक “धर्म“ मा साँचो आस्था राख्ने प्रत्येकको धार्मिक भावनामा आघात पु-याउने कुकार्य भएको छ, र यो प्रचलित फौजदारी अपराध संहिता (मुलुकी) ऐन, २०७४ ले अपराध ठह-याएको घटना हो ।
त्यसर्थ नागरिक समानता, धार्मिक स्वतन्त्रता तथा धार्मिक सहिष्णुता कायम राख्नुपर्ने राज्यको दायित्वबाट च्यूत भएको स्थानीय सरकार (वडा र उपमहानगर), प्रहरी संयन्त्र र जिल्ला प्रशासन कार्यालयसँगै धर्म निरपेक्ष राष्ट्रमा एकल धर्मको प्रबर्द्धन गर्दै आफ्नो प्राङ्गणभित्र मन्दिर बनाउने र अन्य धार्मिक आस्थाका धरोहर भत्काउने(मास्ने कार्यमा संलग्न विद्यालय प्रशासनमाथि कानुनबमोजिम हदैसम्मको कार्वाही हुनुपर्छ कि पर्दैन ?’