चलचित्र ‘कबड्डी ४’ सिरिजको घोषणा, वैशाखदेखि छायांकन सुरु हुने

काठमाडौं । गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी’को चौथो सिरिजको घोषणा भएको छ । चलचित्र निर्माण हुने घोषणा मात्र गरेको र चलचित्रको कथाको काम लगभग सकिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।

यस चलचित्रको वैशाखदेखि छायांकन सुरु हुने भएको छ । यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको निर्देशक गुरुङको भनाई छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुने निर्देशक गुरुङले जानकारी दिएका छन् ।

नेपाली चलचित्रको एउटा पछिल्लो ब्राण्ड नाम हो फिल्म ‘कबड्डी’ । यो चलचित्रले नेपाली दर्शकको मन मात्रै जितेन । अबको फिल्म यस्तो बन्नुपर्छ भन्ने ट्रेन्ड नै बस्यो । यसपछिका चलचित्रहरु प्रायजसो यहि चलचित्रकै शैलीमा कथा, पात्र र परिवेशका फिल्महरु पनि निर्माण हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button