चलचित्र संघद्वारा पौष १० गतेबाट फिल्म हल खोल्ने घोषणा

काठमाडौं ।  नेपाल चलचित्र संघले कोरोना संक्रमण त्रासका कारण बन्द गरिएका फिल्म हलहरु पुस १० गतेबाट खोल्ने घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै फिल्महल व्यवसायीहरुको छाता सगठन चलचित्र संघले आगामी पुस १० गतेबाट एकतर्फी रुपमा फिल्म हल खोल्ने घोषणा गरेका हुन् ।

नौ महिनादेखि बन्द रहेको फिल्म हल खुलाउन बारम्बार सरकारलाई आग्रहगर्दा वेवास्ता गरिएपछि बाध्यभएर एकतर्फी रुपमा हल खोल्ने घोषणा गरिएको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।

‘सरकारसँग हामीले विगत ७ महिनादेखि माग राख्दै आएका छौ । हरेक पटकको भेटमा हामीलाई आश्वासन मात्र दिने काम भयो,’ चलचित्र संघका महासचिव अशोक शर्माले भने।

संघले ५० प्रतिशत अकुपेन्सीमा सुरक्षा मापदण्ड अपनाएर हल खोल्ने तयारी गरेको छ ।

चलचित्र संघका अध्यक्ष प्रधानका अनुसार लकडाउन भएदेखि यता हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको छ।

यो कदमलाई आन्दोलनको सुरुवाती चरणको रुपमा वुझिदिन सरकार समक्ष चलचित्र संघले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button