चिकित्सक लिम्बुमाथि लगाइएका आरोपमा प्रहरीको अनुसन्धान

सामाजिक अफवाह फैलाइएको प्रहरीको जिकिर

काठमाडौँ । प्राकृतिक उपचार पद्त्तिबाट बिगत केहि वर्षदेखि धेरैको संख्यामा बिरामीहरुको उपचार गर्दै आइरहेका चिकित्सक सुबास सुब्बा लिम्बुलाई पक्राउ गरेको छ ।

ललितपुरको ढोलाहिटीबाट महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार लिम्बुलाई पक्राउ गरेको हो ।

पछिल्लो समय प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ भन्दै सामाजिकरूपमा अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको र हाल सो बिषयमा अनुसन्धान भैरहेको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले हामीलाई जानकारी दिए ।

यता परिवारले भने,” तपाईंसंग सोधपुछ गर्नुछ हामीसंग हिड्नुस भन्दै प्रहरीले बिना पक्राउपुर्जी अनाहकमा उहाँलाई गिरफ्तार गरेको,” बताएका छ्न ।
प्राकृतिक उपचार पद्त्तिबाट विभिन्न रोगहरु लागेका बिरामी निको भएपछी चिकित्सक लिम्बु पछिल्लो समय चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button