चितवनमा हुने प्रथम मेयर कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

डिलकुमारी नेपाल / शंकर श्रेष्ठ / माघ २५, चितवन । चितवनमा सर्वाधिक पुरस्कार राशीको योनेक्स सनराईज प्रथम मेयर कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम पूरा भएकाे संघका अध्यक्ष भरत मललले जानकारी दिनुभयाे ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा माघको २८ गते देखि फागुन १ गतेसम्म योनेक्स सनराईज प्रथम मेयर कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता अरु बेला भन्दा यस पटक तयारी छिटै गरिएकाे उहाँको भनाई छ।
प्रतियोगिताका लागि भरतपुर महानगरपालिका र बागमति प्रदेशको राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने आयोजकले बताएको छ।
प्रतियोगिता अहिलेसम्मको सबैभन्दा बढी पुरस्कार राशिसहित आयोजना हुन लागेको प्रतियोगिताका संयोजक सुवास श्रेष्ठले जानकारि दिनुभयाे । ‘पुरस्कार राशिमा मात्र १५ लाखभन्दा बढी खर्च हुनेछ भने प्रतियोगिताको कुल बजेट ६० लाख लाग्ने संघका सचिव ज्ञानेन्द्र पाैडेल बताउनुभयो ।
प्रतियोगिताका लागि प्राविधिक तयारीको अनुगमनका निम्ति अन्तराष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको नेतृत्वमा रहेको उहाँको भनाई छ। प्राविधिक टिमले लगायत खेलाडीहरु भरतपुर कभर्डहलको आउने क्रम जारी छ।
प्राविधिक टिमले कभर्डहलमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्नको निम्ति सबै प्राविधिक तयारी पूरा भएको समेत जिल्ला संघका अध्यक्ष भरत मललले बताउनुभयो ।
चितवन जिल्ला ब्याडमिन्ट संघका अध्यक्ष भरत मल्लले चितवन जिल्लामा नेपालकै सर्वाधिक राशिको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा आफुलाई मात्र नभई चितवनकै खेलकुद जगतका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले प्राविधिक टोलीको भ्रमणले आयोजनामा थप उर्जा प्रदान गरेको बताउनुभयो ।
यस्तै जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष राजेश श्रेष्ठले प्रतियोगिता आयोजनाका निम्ति आर्थिक तयारीका लागि समेत आफुहरु दिनरात खटिएकाे बताए।
प्रतियोगितमा पुरुष र महिला एकल, पुरुष डबल्स्, मिक्सड डबल्स्, १९ वर्षमुनिको पुरुष तथा महिला एकल र ४५ वर्षमाथिको भेट्रान्स् विधामा प्रतिस्पर्धा हुनेछन् ।
प्रतियोगिताको पुरुष र महिला एकलको विजेताले जनही १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाको विजेताको पुरस्कार राशिको विषयमा छलफल भइरहेको श्रेष्ठले बताए ।