चितवन बारको अध्यक्षमा पिएलएका रामकृष्ण, ३ वाहेक सबैमा प्यानलको जित

डिलकुमारी नेपाल, चितवन । नेपाल बार एशोसिएसन चितवन शाखाको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।
बारको नेतृत्वमा उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षद सदस्य बाहेक सवै पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए)ले बाजी हात पारेको छ ।
कोरोना महामारीका वीच शुक्रवार सम्पन्न चुनावमा कुल १९८ सदस्य भएपनि १९० मत मात्र खसेको थियो । १९० मत खसेकोमा पिएलएतर्फका अध्यक्ष रामकृष्ण अधिकारीले १०७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उहाँका प्रतिद्धन्द्धी डिएलएका डा. हरिहर पोखरेलले ८० मत प्राप्त गरी पराजित भएका छन् ।
उपाध्यक्षमा भने डिएलएका मुन्ना विक्रम खाती ९७ मतले निर्वाचित भएका छन् । उहाँका प्रतिद्धन्द्धी पिएलएका उपाध्यक्ष रामचन्द्र देवकोटाले ८० मत प्राप्त गर्नुभइ पराजित भए । प्यानलका उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षदमा भने डिएलएका निर्वाचित भएका छन् ।
यस वाहेक अन्य सवै पदमा पिएलएका निर्वाचित भएका छन् । सचिवमा विनोद मिश्र ९९ मत सहित, कोषाध्यक्षमा बद्रीनाथ पण्डित ९८, सहसचिवमा शोभा भट्टराई १०६ मत सहित निर्वाचित भएका छन् ।
सदस्यहरुमा कुलचन्द्र खनाल १०० मत, जनकराम पौडेल ९८, रामनाथ घिमिरे ९१, कृष्णप्रसाद पन्त ९६, अजयकुमार तामाङ ९६, विकास गुरुङ १०४, सपि मिया ८२ र डिएलकी तृष्णा न्यौपाने १०१ मत सहित निर्वाचित भैई विजयी हुनुभएको छ ।
पिएलएबाट महिला सदस्यकी उम्मेदवार कल्पना लोहनी ८२ मत प्राप्त गरी पराजित भएकी छिन ।
केन्द्रीय पार्षदमा टेकनाथ अधिकारी १०२ मत, शिवराम महतो ९७, नुनराज सिलवाल ११२, पासाङ लामा १००, वामदेव अधिकारी १०६, जीवनज्योति विश्वकर्मा ९१, नारायण गिरी ८९ र डिएलएका गोमा न्यौपाने भण्डारी ९१ मत ल्याई निर्वाचित भएका छन् । तर पार्षदका पिएलएतर्फबाट उम्मेदवार रहेका तुलसीराम पाण्डे भने ८७ मत प्राप्त गरी पराजित भएका छन् ।
पराजित भएका बृहत लोकतान्त्रिक कानुन व्यवसायी समुह (डिएलए) प्यानलका सचिवका उम्मेदवार श्रीराम दवाडीको ८२ मत , कोषाध्यक्ष बलराम पौडेलको ८६ र सहसचिवमा पृथ्वीदेवी सुवेदीको ८७ मत आएको थियो ।
सदस्यहरुका उम्मेदवार रहेका शेखरनाथ पोखरेलको ७६, हरिहर दवाडी ८४, वासुदेव आचार्य ६७, सुरेन्द्रराज सुवेदी ८२, प्रेमकुमार श्रेष्ठ ७८, तीर्थराज पोखरेल ८९, विष्णुहरि कोइरालाको ७० मात्र मत आएको छ ।
केन्द्रीय पार्षदका उम्मेदवार हिरादत्त तिवारी ८५, गोविन्द गौतम ७१, दिवाकर भुषाल ८०, रामचन्द्र भट्ट ८३, लोकनाथ शर्मा ७२, पदमकुमार श्रेष्ठ ७६, पूर्णचन्द्र चापागाई ८७ मत प्राप्त गरी पराजित हुन् ।