चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको ध्यानाकर्षण

काठमाडौं । चिनियाँ राजदूतावासले ‘द काठमाडौं पोस्ट’मा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति विभिन्न मिडियाका सम्पादकहरुले ध्यानाकर्षण भएको जनाएको छन् ।

“प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं,” विज्ञप्तिमा भनिएको छ, “तर कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भत्र्सना गर्दछौं । दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौं ।”

सम्पादकहरु अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, बसन्त बस्नेत, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुभाष घिमिरे र हरिबहादुर थापाले विज्ञप्ति जारी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button