चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै

काठमाडौं । चीनियाँ विदेशमन्त्री वाङ यी चैतको दोस्रो साता नेपाल आउँदैछन । उनि दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका हुन ।

नेपाल सरकारको निम्तोमा चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने अनुमान गरिएको छ

अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको छ । यही सन्देश दिन विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए

यसअघि एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले दबाब बढाउँदाधम्कीपूर्ण कूटनीतिभन्दै चीनले सार्वजनिक रुपमै प्रतिक्रिया जनाएको थियो। अर्कातिर २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ

परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङको भ्रमणको तयारी भइरहे पनि मिति र एजेन्डा टुंग्याउनै बाँकी रहेको बताएम टर्कीबाट फर्केपछि मिति तोकिन्छ, त्यसपछि केके विषयलाई छलफलमा राख्ने भन्नेबारे एजेन्डा तय हुन्छ,’ मंगलबार टर्की उड्नुअघि खड्काले भने

खड्का टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा तीन सदस्यीय प्रतिनिधिको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन । उनी फागुन २७ देखि २९ सम्म टर्कीको अन्तालियामा हुने कार्यक्रममा सहभागी भएर स्वदेश फर्किनेछन्

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटवार्ताका क्रममा वाङको भ्रमणबारे जानकारी गराएकी थिइन्

राजदूत यान्छीले वाङको भ्रमणलाई लिएर दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकेको बताएकी थिइन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको २०७६ असोज तेस्रो साता भ्रमण हुनुपूर्व भदौ तेस्रो सातामा विदेशमन्त्री वाङ नेपाल आएका थिए

अमेरिकी अनुदानको एमसीसी सम्झौता अनुमोदन भएलगत्तै उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्रीबाट हुन लागेको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ। बेइजिङमा नेपाली राजदूत पद रिक्त राखेर शेरबहादुर देउवा सरकारले भारत, बेलायत, अमेरिकाका लागि मात्रै राजदूत सिफारिस गरेकामा पनि चीन सन्तुष्ट हुन नसकेको विज्ञहरूले बताउँदै आएका छन्

बीआरआईका लागि सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको नेपालले सन् २०१७ मे १२ मा त्यसअन्तर्गतका परियोजनामा हस्ताक्षर गरेको थियो। तर बीआरआईअन्तर्गत छनोट गरिएका केरुङकाठमाडौं रेलमार्ग, रसुवागढीकाठमाडौं सडकमार्ग विस्तार, अरनिको राजमार्ग स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय स्थापनाजस्ता परियोजनाहरुको कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको छैन। त्यसअघि दुई देशबीच सन् २०१६ मार्च २१ मा हस्ताक्षर गरिएको पारवहन सम्झौता कार्यान्वयन पनि प्रभावकारी बन्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button