‘चुनावसँग हामी डराएका छैनौँ’ – माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी चुनावसँग नडराएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावबाट आफूहरू भाग्न खोजेको भन्ने हल्ला गलत भएको बताए ।

नेता नेपालले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी गर्दै भने, ‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ। असारमा गर्ने हो भने सामना गर्न तयार छौँ। असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ। चुनावबाट हामी आत्तिएका छैनौँ। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button