चूनावमा गठबन्धन दल मिलेर अघि बढ्छौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल मिलेर अघि बढ्ने बताएका हुन् ।

उनले मुलुकलाई निकास दिनका लागि गठबन्धनका आवश्यकता र औचित्य पुष्टि भइसकेको धारणा राखे । उनले निर्वाचनमा पार्टीको घोषणापत्रका साथ तयारीमा जुट्न निर्देशन दिए ।

त्यस्तै खनालले एमालेले पटक पटक संविधान उलंघन गर्ने काम गरेको भन्दै आगमी निर्वाचनमा शुन्य मत दिएर दण्डित गर्नुपर्ने बताए । उनले राष्ट्रियताको संघर्षलाई उचाईमा पुराउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button