चोरीको बाइकले ठक्कर दिदाँ १ महिला घाइते

बाँके/किशोर शाही ।  बाटोमा हिड्दै गरेको अवस्थामा एक महिलालाई बाइकले ठ्क्कर दिएको छ ।

प्रहरी सिपाहीले चलाएको भ ६ प ३८३६ नम्बरको बाइकले पछाडिबाट ठक्कर दिदा पुस ५ गते आइतबार दिउँसो बैजनाथ गा.पा वडा न.५ बस्ने सुस्मा चौधरी घाइते भएकि हुन् ।

घाइते सुश्मालाई ती प्रहरी सिपाहीले सामान्य उपचार गराए पनि बिरामीको स्वास्थ्य अवस्था भने गम्भीर भएको पीडित पक्षको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एस. पी. ओम बहादुर रानाका अनुसार बाइक चलाउने जोसुकै भएपनी कारबाही गर्ने र त्यो मोटरसाइकल जोसुकैको भएपनी लिलाम हुने साथै सो प्रहरीलाई पनि प्रहरी नियमवाली अनुसार कारवाही गरिने हामीलाई बताए ।

घटनालाई साधारण रुपमा लिइ प्रहरी जवानलाई कानुनी दायरामा ल्यानुपर्ने ठाउँमा उल्टै चोरिको बाइक र चालकलाई छोड्न भनी दबाब दिदै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button