चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर पराजुली भन्छिन्-पाँच वर्ष उप चलायौँ, अब मेयरनै बन्ने हो

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीले अबको निर्वाचनमा मेयरनै दावी गर्ने घोषणा गर्नुभएको छ।
उपमेयर पराजुलीले उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले प्रमुखमा स्वाभाविक दाबेदारी रहने बताइन। मैले मेयरमा दाबी गर्नु स्वाभाविक हो। ‘मैले आफ्नो क्षमता देखाएकी छु, पाँच वर्ष उप चलायौँ, अब मेयरनै बन्ने हो’ उपमेयर पराजुलीले भनिन् ।’
यही क्रममा यसअघि उप-प्रमुख भइसकेका महिला जनप्रतिनिधिहरूले अब प्रमुखमै दाबेदारी दिने बताएका छन्। संविधानमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था गरेको छ।