जनपत्रकार संगठनद्वारा पत्रकार महासंघ बाँके शाखालाई ७ बुँदे ज्ञापनपत्र पेश

बाँके । जनपत्रकार संगठन नेपाल, जिल्ला समिति बाँकेद्वारा नेपाल पत्रकार महासंघ बाँके शाखालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।

मंगलबार महासंघको कार्यालयमा सो संगठनका बाँके जिल्ला अध्यक्ष कमल अधिकारीसहितका नेताहरु पुगि पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डागिंलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई थप मर्यादित अनुशासित र जिम्मेवार बनाउन संगठनद्वारा विभिन्न सुझावसहित विभिन्न मागको पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र पेश गरिएको छ ।

जनपत्रकार संगठनका पदाधिकारीहरुलाई महासंघको सदस्यता लिनुपर्ने कुरामा जोड दिंदै पत्रकार महासंघ बाँकेका सचिव कमल डांगिले महासंघको हितमा रहेका जायज मागहरुको सम्बोधन गर्न र संस्थागत रुपमा पहल गर्न महासंघ सकारात्मक रहेको बताए । उनले आगामी दिनमा महासंघले संगठनसँग समन्वय गर्दै पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका लागि हातेमालो गर्दै अघि बढ्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button