जनमोर्चाका अध्यक्ष केसी उपचारपछि घर फिर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड-१९ निको भएर घर फर्किएका छन् । निमोनियाँ र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल ललितपुरमा भर्ना भएका उनी मंगलबार डिस्चार्ज भएका हुन् ।

अध्यक्ष केसीले आज (बुधबार) विज्ञप्ति जारी गरी सुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button