जनयुद्धको दिवसमा माओवादी केन्द्रद्वारा शुभकामना आदानप्रदानसहित रक्तदान कार्यक्रम

बाँके । २७ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति इन्चार्ज नरेन्द्र न्यौपानेले नेपालमा राजतन्त्र अन्त्य गर्नका निमित्त माओवादीले १० वर्षे जनयुद्ध गर्दै नेपालमा गणतन्त्रको स्थापना भएको बताए। उनले सर्वहारा वर्गलाई उन्मुक्ति दिन नेपाली जनताको हक-अधिकारका लागि युद्ध गरिएको इन्चार्ज न्यौपानेले बताए ।
नेपालको राजनीतिक आमूल व्यवस्थाको परिवर्तन जनयुद्धको बल र ताकतले गर्दा उपलब्ध भएको बताउदै उनले जनयुद्धको क्रममा बेपत्ता भएका योद्धाहरुलाई हामीले अझैपनि खोजी जारी गर्दै युद्धको क्रममा आफ्नो अमुल्य जीवन आहुती गर्ने महान सहिदलाई स्मरण गरेर रक्तदान कार्यक्रमसहित उपस्थित सम्पुर्णलाई शुभकामना आदानप्रदान व्यक्त गरेको इन्चार्ज न्यौपानेले जानकारी दिएका छन।