रुकुमको आठबिसकाेटमा जीप दुर्घटना, चार जनाको निधन

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिका ८ दाजेमा जन्ति बाेकेकाे जिप दुर्घटना हुदा चार जनाकाे घटनास्थलमै ज्यान गएको छ ।
आज साँझ राडिबजार बाट जन्ति बाेकेर गएको रा १ झ ५८९ नम्बरकाे जीप राेकेर राखेको समयमा चिप्लिएर दुर्घटना भएको स्थानीयबासिले बताएका छन।
गाडी बाट मान्छेहरु झर्दै गरेको समयमा आज साझ ७:४५ बजेको समयमा ८ नम्बर वडाको दाजेमा गाडी दुर्घटना भएको हाे ।
घटनामा परेर १ जना घाइते भएका छन । मृतकहरु वडा नम्बर ८ र ७ का रहेका छन ।प्रहरी घटना स्थल भर्खरै पुगेकाे हुदा थप विवरण आउन बाँकी छ ।