जलबिरे क्षेत्रका अगुवासँग भेटघाट

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाका काँग्रेस नेताहरुले अगुवा काँग्रेसीजनलाई गाउँटोलमा नै पुगेर भेटघाट गर्न थालेका छन् ।
काँग्रेस युवा नेता सुवास तिमल्सिना नेतृत्वको टोलीले शनिबार जलबिरेमा पुगेर भेटघाट र छलफल गरेका हुन् ।
स्थानीय स्तरमा बिकास निमार्णका अबस्था, गाउँबजारका समस्या लगायतका बिषय के-कस्ता छन् भन्ने उद्धेश्यले अगुवासँग भेटघाट गरिएको काँग्रेस युवा नेता तिमल्सिनाले जानकारी दिनु भयो ।
जनताका घरदैलोमा पुग्ने काँग्रेसको अभियान अन्र्तगत पहिलो चरणमा अगुवासँग पुगेर भेटघाटलाई निरन्तरता दिदैं आएको उहाँले बताउनु भयो ।