जागौं नेपाल मिडिया नेटवर्क बागमति प्रदेश संयोजकमा नेपाल

हेटौडा । भ्रष्टचार बिरुद्धको राष्ट्रिय अभियान भन्ने नाराका साथ सुचनाको हक आम जनतासम्म पुर्याउन जागौं नेपाल मिडिया नेटवर्क सँजाल गठन भएको छ ।

हाल समाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा भएका सबै खाले राम्रा पक्षहरुको खोजी गर्ने बागमती प्रदेशका हरेक क्षेत्रमा भईरहेको बेथिती, विसंगति र नराम्रा कामका बिरुद्ध खबरदारी गर्ने र निष्पक्ष कलम चलाई, लुकेका र लुकाईएका कुराहरुलाई तथ्यमा आधारित खोजीपत्रकारिताबाट बाहिर ल्याउने उद्देश्यले चितवन जिल्लाका सव्रिmय युवा पत्रकार डिलकुमारी नेपाललाई शानिबार एक कार्यक्रमकाबीच चयन गरिएको हो ।

नेटवर्कलाई थप प्रभावकारी बनाउनको लागि बागमती प्रदेशको सहसंयोजकमा चितवन जिल्लाकै शंकर श्रेष्ठ र सचिव पदमा चितवनकै संगम तिवारीलाई आज विहान भएको जुम बैठकबाट केन्द्रिय सँयोजक प्रकाश अधिकारीले घोषणा गर्नुभएको छ ।

भ्रषटचार बिरुद्धको अभियान, दिनप्रतिदिन बढदैँ गएको महिला तथा बालबालिकामाथि हने गरेको हत्या, हिंसा बिरुद्धको अभियान, कृषि क्षेत्रमा देखिएका बेथिति बिरुद्धको अभियान, सार्वजनिक सम्पत्ति हिनामिना बिरुद्धको अभियान, प्राकृतिक सम्पदाहरुको संरक्षण सम्बन्धी अभियान, राष्ट्र हितको लागि बुलन्द आवाज उठाउने अभियान, स्थानिय तहदेखि संघिय तहसम्म सकारात्मक दबाबका संघर्ष गर्ने अभियान आदि उद्देश्यको साथ नेटवर्कको गठन गरिएको बागमती प्रदेश अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उहाँले समाजिक क्षेत्रमा योगदान दिईरहेको र दिन सक्ने समाजिक अभियन्ताहरुको प्रदेश समिति बिस्तार र जिल्लास्तरिय कमिटि चाडैं नै गठन गर्ने भएकोले यस राष्ट्र निर्माण गर्ने अभियानमा सबै युवाहरु एक जुट हुन आव्हान समेत गर्नुभयो ।

 

 

बागमति प्रदेश खेलकुद विकास परिषद्ले आफु मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । यो संघिय परिषद र प्रदेश खेलकुद विकास परिषद बीचको पहिलो संयुक्त कार्यक्रम हो।

प्रदेश र संघबीच समन्वय र सहकार्यको शुरु भएको अर्थमा भने कार्यक्रम पहिलो भएको हो।

काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले सम्बोधन गरेका थिए भने ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मिना ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री दुलालले संघीय संरचना अनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सकेमा अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताए ।

सदस्यसचिव सिलवालले आफुहरु बागमती प्रदेशको कामबाट अत्यन्तै प्रभावित भएको बताए ।

उनले भने, बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि पछि हिड्न बाध्य पारेको छ ।

प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको बताए ।

प्रदेशका सामाजिक बिकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको संभावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम भएको समेत सिलवालले बताएका थिए ।

देश संघीयतामा गइसके पछि प्रदेश र राखेप बीच बलियो समन्वय गरि काम गरेमा मात्रै सबै तहका सरकारले खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सक्नेमा सबैको जोड थियो ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जिल्लाका अध्यक्ष र कार्यालय प्रमुखहरुलाइ अबका दिनमा काम गर्दा आइपर्न सक्ने सम्भावित कानुनी अस्पष्ठता र अन्योलका बिचमा कसरी काम गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बिभागिय प्रमुख कुल बहादुर थापाले प्रशासन संचालन र कर्मचारीहरु ब्यबस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरु र प्रदेश खेलकुद बिकास परिषद्का सबै सदस्यहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button