जात व्यवस्था उन्मुलन मोर्चा सुदुर पश्चिम प्रदेश समिति गठन

बिकास एस.के. बझाङ / ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको ‘जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल’ अन्तर्गत ‘सुदुर पश्चिम प्रदेश समिति’ बिहीबार गठन भएको छ । लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले विजय विश्वकर्माको संयोजकत्वमा आठ सदस्य पछि थप्ने गरि ५१ सदस्यीय समिति गठन गरिएको हो ।
मोर्चाका बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्माले “नेपाली समाजको सबैभन्दा ठुलो समस्या नै जात व्यवस्था भएकोले त्यसको अन्त्य नगरि कुनै उत्पीडित जाति, वर्ग, र समुदायको मुक्ति असम्भव छ ” भन्दै “ मुक्तिका लागि असल राजनीतिक विचारमा संगठित भई एउटै आवाज र लक्ष्यका साथ हरेक मानब समान बनाउनकालागि जातिय बिभेदको गहिरो खाडललाई पुर्नुपर्ने एक मात्र विकल्प रहेको बताउनुभयो ।
विश्वकर्माले अब युवाहरु वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको विचारमा आवद्ध भएर अघि बढेने र पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै वर्षौ बर्ष दमन शोषण र अत्याचारको मरुभुमिमा छट्पटिएकाहरुले उन्मुक्ति नपाउन्जेल कडा सँघर्ष गर्नेगरि पार्टीमा आउनेहरुको ओइरो लागेकोले अब जात ब्यबस्था उन्मुलन नेपालले सुदुर पश्चिम प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा समिति गठन गर्दै अगाडी बढ्ने समेत बताउनुभयो ।
सम्पन्न भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले नेपाली समाजमा जात व्यवस्था बारे विचार राख्नुका साथै मोर्चाको अवधारणा र संगठनात्मक नीति बारे बोल्नुभएको थियो ।